राष्ट्रवादी श्री धर्मरत्न यमि

                                                                  राष्ट्रवादी श्री धर्मरत्न यमि
सुगत दास तुलाधर
श्री धर्मरत्न यमिज्यू मेरो माहिला बा को छोरा हुनुहुन्थ्यो । उहाँलाई नाताको हिसाबले बाल्यकाल देखिनै चिनेता पनि म कलेजमा क्ष् क्अ पास गरी बि.ए इकनमिक्समा सन् १९४७ मा संलग्न भए देखिन् वहाँलाई नजिकैबाट हेर्ने मौका उहाँको सन् १९७५ मा देहान्त कालसम्मै पाएँ । उहाँ संग मेरो त्यसबेला देखि नै राजनैतिक, सामाजिक तथा आर्थिक विषयमा दिर्नौ भने जसो चर्चा परिचर्चा, वादविवाद भै नै रहन्थ्यो । वहाँसंगको अट्ठाइस वर्ष सम्मको संगतमा मैले वहाँको केही विशेष गुणहरु र केही विशेष घटनाहरु जुन मैले कहिले पनि बिर्सन सत्तिफ्नँ उल्लेख गर्न चाहन्छु ।

 

वहाँको विशेष गुणहरुमा १. जुनसुकै जटिल राजनैतिक,सामाजिक तथा आर्थिक समस्या होस सो को सही परिस्थिति र मूल्यांकल गर्ने असीम छमता २. शत्रु होस् या मित्र, ठुलो मान्छे होस् या सानो मान्छे, धनी होस् या गरीब सबैसंग सही तरिकाले सहाल्ने छमता ३.कट्टरताबाट मुत्तफ्, देशको स्वतन्त्रता र जनताको हित र बिकासको निम्ति जे गरेर हुन्छ, प्रजातान्त्रिक आन्दोलन गरेर हुन्छ कि प्रगतिशील आन्दोलन गरेर हुन्छ कि राजा संग मिलेर हुन्छ कि जुन परिस्थितिमा जे गर्नु पर्छ त्यसमा लगन साथ लाग्ने प्रबृति ४. वहाँको देश विदेश घुमेर ठुलावडा नेता तथा विद्धानहरु भेटेर सल्लाह साहुति गर्नको अलावा उपत्यकामा रहँदा विहान सबेरै उठेर गए पछि दिउँसो १२, १ बजे खाना खाने बेला होउन्जेल सम्ममा कम से कम चार पाँच जना, राजनैतिक, सामाजिक तथा धार्मिक मानिसहरु जुन दिन जुन इलाकामा जानु भयो त्यहाँका मानिसहरु भेट्ने र सल्लाह साहुति गर्ने, पफ्रेि खानाको पछि २ वजे देखिन बेलुका ९ बजे सम्ममा चार पाँच जना प्रतिस्ठित व्यत्तिफ्हरुसंग भेट धाट र सल्लाह गर्ने बानि थियो । वहाँले जति नजिकबाट नेपालमा संलग्न राजनैतिक मानिसहरुलाई चिन्नु हुन्थ्यो त्यति चिन्ने मान्छेहरु विरलै होला ।

 

अब यहाँ वहाँको असिम देशभत्तिफ् र राष्ट्रवादी गुणहरु भफ्ल्काउने कहिले पनि बिर्सन नसकिने राजनैतिक कृयाकलाप का केहि घटनाहरु वयान गरिन्छ ।
रुसको सन् १९१७ सालको अक्टुबर क्रान्तिको सपफ्लताबाट जुन सर्वहारा तथा अन्य जनताहरुको उद्धार भयो त्यसको पफ्लस्वरुप विश्वभरको शोषित दलित मान्छेहरुमा सहास आई प्रगतिशील विचार र आन्दोलन संसार भरमा आई प्रगतिशील विचार र आन्दोलन संसार भरमा पफ्लैिरहेका थियो । त्यो दोस्त्रो महायुद्धको समाप्ति पछि संसारमा जन आन्दोलनको रुपमा जोड पकड्यो । त्यसको असर साउथ एशिया यानी भारतीय उप माहाद्रीपका देशहरुमा पनि आयो । त्यसबेला धर्मरत्न यमिज्यू आपफ््नो काकाहरु मानदास र हर्षदास, जो नेपालको सर्व प्रथम राजनैतिक मुद्दा “ नयाँ मत प्रचार गरे’ भन्ने भिम शमशेरले गरेका मुद्दामा वहाँहरुका साथ अरुहरुलाइ पनि राणाशासनले गरेको क्रुर दमन तथा देश निकाला गरेको घटनाहरुमा भोगेको अत्याचार हेदै हुनुहुन्थ्यो । पछि धर्मरत्न यमिज्यू भारत र ल्हाासामा महापंडित राहुल साँकृत्यायन तथा अरु चीनिया विद्धानहरु सुमति धर्मकिर्ति आदिसंग लामो समयसम्म संग तगर्ने मौका मिल्यो । यही भारतीय विद्धानहरु र नेताहरुको पनि बेला बेलामा संगत पाएर वहाँमा राजनैतिक चेतना जागृत भयो, र जो जीवनभर वहाँमा छायो ।

 

धर्मरत्न यमिज्यूको प्रथम राजनैतिक कृपा कलाप शुक्रराज शास्त्री,मुरलीधर शर्मा, केदार मान व्यथित र गंगालालको साथमा शुरु भयो । धर्म कथा भन्ने आडमा राजनैतिक प्रचार भयो । उपत्यका बाहिर प्रचारको लागि धर्मरत्न यमिज्यू पाल्पा जानु भयो र त्यहाँबाट पटना गई “ जनता” पत्रिकाको सम्पादक राम बृक्ष वेनपूरी संग भेटी सल्लाह साहुति गर्नु भयो र भारतमा नेपालको आन्दोलनको प्रचार गर्ने माध्यम बनाउनमा सपफ्ल हुनु भयो । त्यसपछि पण्डित जवाहरलाल नेहरु तथा अरु नेतहरु सँग सल्लाह साहुति गर्नुभयो । त्यसपछि वँहा कलकत्ता, कालिर्म्पोग र दाजिलिंगका प्रवासी नेपालीहरुमा नेपालको राजनैतिक आन्दोलनको प्रचार र टेवाका लागि प्रचार गरेर नेपालमा पर्फ्कनु भयो । त्यसबेला महावीर स्कुल, बांगेमुढामा र मानदास चित्तधरको पुस्तक पसलमा नेपाली राजनैतिक विचार धाराका सबै मान्छेहरु भेला हुन्थे । प्रजा परिषद खडा भएपछि श्री ५ त्रिभुबनबाट आर्थिक सहायता मिल्यो । पैसा पाए पछि पार्टीमा पफ्टु र भफ्गदा भए । भफ्गदा निप्टाउन धर्मरत्न यमिजीले ठुलो प्रयत्न गर्नु भयो । पर्चाबाजी भए । विं स १९९७ मा सम्पूर्ण राजनैतिक,सामाजिक, साहित्यिक र धार्मिक प्रगतिशील मानिसहरु समातिए, कैयौलाई पफ्ाँसि दिए, कैयौलाई जेलमा हाले । धर्मरत्न यमिज्यू पनि जेलमा पर्नु भयो । पाँच वर्ष पछि वि.सं २००२ सालमा यमिजी पनि जेलबाट छुट्नु भयो । गणेशमानजी पहिले नै जेलबाट भागी कलकत्ता पुगेका थिए । यमिजी जेलबाट छुटेपछि कलकत्ता पुग्नु भयो त्याँहा गणेशमान जी र अरु क्रान्तिकारी नेताहरुसंग उहाँको भेट भयो । डेढ महीना पछि वहाँ नेपाल नै पर्फ्कनु भयो ।

 

त्यसपछि पफ्रेि राजनैतिक आन्दोलनको लहर काठमाण्डौ उपत्यकामा चल्यो । विराटनगरमा मजदूर हडताल चल्यो । त्यसैबेला सन् १९४७ भारत स्वतन्त्र भयो । भारतको स्वतन्त्रताको उपल्क्ष्यमा १५ अगस्त १९४७ मा काठमाण्डौमा यमिजीको श्रीमती हिरादेवीको सभापतित्वमा महात्मा गान्धीको र अरु भारतीय नेताहरुको तस्वीर राखी सभा र जुलुस भए । त्यसमा हिरादेवी र उनको सात महीनाको बच्चा नौ जना साथीहरु समातिए । पाटनमा पनि भारतयि स्वतन्त्रताको उपलक्ष्यमा जुलुस निकालेकोमा प्रसिद्ध गान्धीवादी तुलसी मेहर र उनका ४५ जना साथीहरु समातिए । यसै उपलक्ष्यमा भत्तफ्पुरमा पनि ९ जना समातिए । ६ महिना पछि यिनीहरु सबै जेलबाट छुटे ।

 

।त्यति बेला राणा शासकहरु प्नि भविष्यबाट निराश भै सकेको थियो । २००४ सालमा प्रदान गरिएको वैधानिक सुधारका सिद्धान्तहरु मोहन शमशेर प्रधानमन्त्री हुना साथ त्यस वैधानिक सिद्धान्तहरु विपरित पार्टीहरु सबै अवैधानिक धोषणा भए । पफ्लतः नेपाली क्रान्तिकारी नेताहरु भारत मै संगठन र प्रचारमा व्यस्त हुनु प–यो ।
वि.स २००४ सालको राणाहरुले प्रदान गरेको वैधानिक सुधारको आधारमा निर्वासित राणाहरुले वि.सं २००५ सालमा पटनामा नेपाल डेमोक्राटिक कांग्रेसको स्थापना गरे । सूर्य प्रसाद उपाध्यायको बुद्धिबल र सुबर्ण शम्शेर तथा महावीर शम्शेरको अर्थ वलमा आधारित जनवल रहितको संस्था कहिले पटना रहन्थ्यो भने कहिले कलकत्तामा ।

 

क्रान्तिकारी नेता गणेहमान सिहको काठमाडौ जेलबाट भागेर कलकत्तामा उपस्थिति भएबाट प्रवासी नेपाली नागरिकहरुको भावना जागृत पारेको थियो । विश्वेश्वर प्रसाद कोइराला र डा.डिल्ली रमण रेग्मी वनारसमा संगठन गर्न व्यस्त थिए । भारत स्वतन्त्र भैसकेको थियो । कांग्रेस सरकार भारतमा वहाल थियो । । विश्वेश्वर प्रसाद कोइरालाडा.डिल्ली रमण रेग्मी तथा गणेशमानद्धारा संचालित पार्टीमा ठुलो पफ्टु थियो । विश्वेश्वर प्रसादलाई इण्डियन सोसलिष्ट पार्टीबाट पूर्ण सहमति तथा मद्दत प्राप्त थियो । डा. राम मनोहर लोहिया तथा जय प्रकाश नारायणको पूर्ण समर्थन थियो । गणेशमान विश्वेश्वरकै समर्थक थिए । डा. डिल्ली रमण रेग्मी र विश्वेश्वर प्रसाद कोइरालामा नेता बन्ने धुनले काम गरिरहेको थियो । दुबै नेता आपफ्लूाई कांग्रेसको सर्बोच्च नेता मान्दथे । धर्मरत्न यमिज्यू चाहनु हुन्थ्यो कि दुबै नेतामा मेल होस । त्यसैले वहाँ काठमाडौंबाट बनारस गई डा. राम मनोहर लोहिया, जय प्रकाश नारायण र विश्वेश्वर कोइरालासंग भेटी कुराकानी गर्नु भयो । गणेशमान, सूर्य बहादुर भारद्धज र धर्मरत्न यमि तीनै जनाले भफ्गदा निप्टाउन धेरै कोशिस गरे । तर सपफ्ल भएन ।

 

त्यसपछि भारतका उप प्रधान मन्त्री सरदार वल्लभ भाई पटेलले राणाहरु संचालित नेपाली डेमोक्रातिक पार्टीलाई “केवल पैसेके वल पर पाटी चला नहि करति जन वलका सहयोग प्राप्त करना आवश्यक है’ भनी तथा नेपाली कांग्रेसलाई जन आन्दोलन के लिए पैसाका भि जरुरत है” भनेर दुबै पार्टीलाइ मिलाउन खोजिरहेको थिए । काठमाडौका राजनैतिक कार्यकर्ताहरुलाई प्रवासी राणाहरुको र अन्य भारतीय संस्थाहरुको पैसाबाट पार्टी चलाउन मन परेको थिएन । भारतमा बसेका नेताहरुको पद लोलुप्ता र पफ्टुमा पनि परेको थिएन । त्यसैले विश्वेश्वर प्रसाद कोइराला र डा.डिल्ली रमण रेग्मी दुबैलाई समर्थन नगरी तटष्थ बसेर काठमाडौंका कार्यकर्ताहरुले पद्य शमशेरले जुन सुधार विधान निकालेको थियो त्यसैको आधारमा काठमाडौं मै आन्दोलन चलाउने नेपाल बाहिर खाली प्रचार विभाग मात्र राख्ने निधो गरे ।

 

यसै सिललिामा काठमाडौंमा ११ युवक नेताहरु मिलेर प्रजा पञ्चायत खडा गरे । पञ्चायतलाई रोक्का पुर्जी राणा सरकारले दियो । विधानको सामु पूर्जि अवैधानिक थियो । पञ्चायतका ती प्रतिनिधि सिंह दरवारमा गई पूर्जीको अवैधानिकता बारे औल्याउँदा हजुरियाले जवापफ् दियो ॅत्यै पूर्जी विधान हो’ त्यस पछि पञ्चायत अन्दर ग्राउण्ड भयो । त्यसमा गोपाल प्रसाद रिमाल,धर्मरत्न यमि, सूर्यबहादुर भारद्धाज, त्रिपुरवर सिंह, विजय बहादुर मल्ल, गोपाल दास, गौरी लाल आदि थिए । अन्डर ग्राउण्ड संगठनको काममा मुख्यतय धर्मरत्न यमि, सूर्यबहादुर भारद्धाज गोपाल प्रसाद रिमालहरु थियो । थालनिको दुई हप्ता भित्रै काठमाण्डौंमा १५००, पाटनमा ४००, भ्रादगाउँमा ७०० सकृय सदस्य बनाइए र ट्रेनिङ्ग दिइयो । सदस्यहरु बनाउन र सदस्यहरुलाइ ट्रेनिङ्ग दिन र छ महिनासम्म जुलुस लगातार हरेक दिन निकाल्ने प्लानिंग गर्नमा धर्मरत्न यमि र सूर्यबहादुर भारद्धाजको ठुलो भूमिका थियो । वहाँहरु क्हिले ठिमिले ज्यापुको भेषमा र कहिले मधेसियाको भेषमा पाटन, भाद्रगाउँ र काठमाण्डौं ओहर दोहर गरी ट्रेडिङ्ग पाप्त कार्यकर्ताहहरु दिनको दश जना जति पढाई हेर दिन जुलुस निकाल्ने कार्य गरे ।

 

पर्चाबाजि पनि यस क्रममा ६ महिनाको लागि तर्जुमा गरिएकोमा एक महिनासम्म राम्रो चलि सकेको थियो । राणा सरकारको केही लागेको थिएन । युबक नेताहरु कोही समातिका थिएनन् । त्यतिकैमा वि.स २००५ सालको तिहार तिर नेपाली कांग्रेशका कर्णधार विश्वेश्वर प्रसाद कोइराला, कृष्ण प्रसाद उपाध्याय र केदार मान व्यथित छद्य भेष्ममा नेपाल आए । विश्वेश्वर प्रसाद कोइराला काठमाण्डौंको त्यौड ज्याठा टोलमा त्रिरत्न तुलाधरको घरमा लुकी बसे धेरै काठमाण्डौंका युबक नेताहरु तथा कार्यकताहरुलाई बोलाई बोलाई बृहत नेपालको आन्दोलनको सिलसिला देखाई प्रजा पञ्चायतको निरर्थकता देखाई पफ्टु पारी आन्दोलन विपफ्ल पारिदिए तथा दुई भागमा बाँडि दिए । विश्वेश्वर प्रसाद कोइराला तथा कैयौं युवक नेताहरु समातिए । विश्वेश्वर प्रसाद कोइरालालाई उच्चस्तरका भारतिय नेताहरुले चिट्ठि पत्रबाट छुटाए र उनी भारत प्रस्थान गरे । गोपाल प्रसाद रिमाल, धर्मरत्न यमि र सूर्य बहादुर भारद्धाजलाई समात्न सकेका थिएनन् । उनीहरु अन्दर ग्राउड मै थिए । उनीहरुलाई विश्वेश्वर प्रसाद कोइरालाको कारवाहीको अचम्म लाग्यो । आखिर विश्वेश्वर प्रसाद कोइरालाको पछि के छ भन्ने जान्ने खुलदुलि भयो । यमिजीले भारतमा गई अध्ययन गर्ने निधो गरी खुपिफ्या बाटोबाट छद्य भेषमा भारत पुगे र सबै नेताहरुसंगको कुरा कानीबाट पत्ता लगाए कि प्रवासी राणाहरुले नेपालमा सशस्त्र क्रान्तिको लागि पूर्ण आर्थिक सहयोग गर्ने इण्डियन सोसलिष्ट पार्टी र सबोदय सभाबाट नैतिक र अरु सहायता गर्ने र भारत सरकारको यसमा सहमति थियो । चाँदै नै कार्य शुरु हुने देखेर धर्मरत्न यमि जी खुपिफ्या बाटो बाटै पफ्रेि काठमाण्डौं पिर्फ्ता आउनु भयो । गोपाल प्रसाद रिमाल र धर्मरत्न यमिलाई भारतबाट संचालित नेपाली कांग्रेसको कृयाकलाप मन परेन । यसबाट नेपाल भारतको गुलाम हुने देखी सबैले मोहन शमशेरलाई भेट्ने निधो गरे ।

 

मोहन शमशेरलाई भेट्ने अनुमति मागेर मोहन शमशेरलाई भेटे । कांग्रेस र भारतको कृयाकलापको बृत्तान्त कुराहरु बटाए । जन आन्दोलनको अभिभारा गोपाल प्रसाद रिमाल र धर्मरत्न यमिले लिई, मोहन शमशेरले पफैज र सरकारी साधन प्रयोग गरी मिलिजुली भारत समर्थित प्रवासी राणा र नेपाली कांग्रेसको सशस्त्र आन्दोलनलाई नाकाम गर्ने प्रस्ताब राखे । मोहन शमशेरले कुरा मात्र सुनेर केही जवापफ् दिएनन् । शायद उनलाई नेपाली कांग्रेसको कारवाही र भारतको रवैयामा विश्वास लागेन होला किन भने उनले सन् १९५०, ३१ जुलाईमा नेपाल र भारत बीचको शान्ति र मैत्रीको सन्धी गरी सकेका थिए । रिमाल र यमिजीलाई पैले वारेन्ट थियो तर त्यस भेट देखि उनीहरु खुला रुपमा हिद्न थाले । सरकारले समात्न पनि समातेन । तर केही महिना पछि नै नेपाली कांग्रेसको आन्दोलन चर्कदै गयो । श्री ५ महाराजाधिराज त्रिभुवन वीर बिक्रम शाहदेवले पनि शिकारको निहुँमा ज्ञानेन्द्र सरकार बाहेक अरु सबै जहान समेत बाहिर आएर इण्डियन इम्बेसीमा पसेर केही दिन भित्र भारत सवारी भयो । यस घटना पछि गोपाल प्रसाद रिमाल, धर्मरत्न यमि लगायत अरु अरुलाई पनि समातेर जेलमा हाले ।

 

।पछि दिल्लीमा श्री ५ महाराजधिराज त्रिभुबन वीर बिक्रम शाहदेव, राणा र नेपाली कांग्रेसको सम्भफैता भए पछि श्री ५ महाराजाधिराज त्रिभुवन नेपाल पर्फ्केर वि.सँ २००७ साल पफगुण ७ गते मोहन शमशेर प्रधानमन्त्रीमा राणा र कांग्रेसको सरकार वहाल भए पछि मात्र गोपाल प्रसाद रिमाल, धर्मरत्न यमि आदि सारा राजनैतिक बन्दीहरु जेल मुत्तफ् भए ।
दिल्ली गठित राणा कांग्रेस सरकार अरु राष्ट्यि नेताहरु र कार्यकर्ताहरुलाई मान्य थिएन । डा.के. आई. सिहले पश्चिममा उनको मातहतको सशस्त्र सेनाहरुद्धारा विद्रोह गरे । काठमाण्डौंमा पनि राष्ट्यि नेताहरु तथा जनताले राणा कांग्रेसको सरकार रुचाएका थिएनन् । त्यसपछि पनि त्रिपुरेश्वरको सानो टुडिखेल हाल स्टेडियम मा नेपाली कांग्रेसको सरकारमा वहाल भएपछिको प्रथम भाषणमा मातृका प्रसाद कोइरालाले जे ग–यो त हामीले ग–यो काठमाण्डौंका जनताले हंगामा गर्दा सबै नेताहरु भागा भाग हुनु परेको थियो । तर राणा कांग्रेस सरकारले दमनले नितिले राजगर्न खोजे । पश्चिममा डा.के.आ. सिह र उनका साथीहरु लाई भारतको सेनाको मदतले दमन गरे । पूर्वमा विद्रोहरुलाई नेपाली पफैजले दवाए । काठमाण्डौंका जनता को आन्दोलनलाई दवाउन विश्वेश्वर प्रसादको गृह मन्त्रीत्वमा कैयौं पटक गोली सुद्धा चलउन परेको थियो । आठ महिना भित्र राणा कांग्रेस सरकार एकदम जनताको आँखाको किरा बन्यो

 

नेपाली कांग्रेसका नेताहरुलाई राणा मन्त्रीहरुले काम गर्न दिएनन् । एकदलीय सरकार बनाउनु प–यो भन्ने मागगरे । राणा मन्त्रीहरुले नेपाली कांग्रेस नेताहरुलाई दोष दिए । मन्त्री मण्डलको बैठक भयो भने मोहन शमशेर नेपाली कांग्रेसका नेताहरुको मुखै हेदैनथे खालि राणा मन्त्रीहरु तरपफ् मात्र हेरिरहन्थे । कुरा गर्नु परे आपफ््नो मन्त्रीहरुद्धारा मात्र गर्थे । जन आन्दोलन र राणाहरुको रवैयाले सरकार चलाउन मुस्किल भएको थियो । गोपाल प्रसाद रिमाल र धर्मरत्न यमिलाई आपफ््नो प्रयासको असपफ्लतामा दुःख लागेको थियो । गोपाल प्रसाद रिमाल समयानुसार बदल्न नसकेर आखिरबाट बहुलाह बनाईएर बस्नु प–यो । चीनिया प्रधान मन्त्री चाउ यनलाई नेपाल आई टुंडिखेलको खरीको बोटमा भाषण गर्दा गोपाल प्रसाद रिमाल नांगा खुकुरी लिई चाउ यनलाई सलामी दिई रहंदा त पुरै बहुला भनी मानिसहरुले ठहराए । धर्मरत्न यमिजीमा समय अनुसार परिस्थती अनुसार बदल्ने क्षमता थियो । उहाँ श्री ५ महाराजाधिराज त्रिभुवनसंग साँठ गाँठ गर्न सपफ्ल हुनुभयो । नेपाली कांग्रेसको एक दलीय सरकार मांग गरेकोमा श्री ५ महाराजाधिराज त्रिभुबन, नेपाली कांग्रेस र भारत सरकार तीनै खलकलाई राणा मन्त्रीहरु सबै हटाएर सरकार गठन ग–यो । भने मोहन शमशेर र उनका सहयोगी राणाहरुले के गर्छन् थाहा पाउन सकेका थिएनन् । राणाहरुले प्रसस्त पैसा छरेर भयंकर आन्दोलन चलाउने होकि ? राजनैतिक कार्यकर्ताहरु र विद्यार्थीहरुमा त पैसा अलिअलि उनीहरुले पैले देखिन नै छरि राखेकै थिए । मोहन शमशेरको बारेमा धर्मरत्न यमिजी र श्री ५ महाराजाधिराज त्रिभुबन बीचमा कुरा भए । धर्मरत्न यमिजीले मोहन शमशेरको इरादा पत्ता लगाउन आपफ््नो क्षमता र प्लान श्री ५ महाराजाधिराज त्रिभुबनमा पेस गर्नुभयो । श्री ५ महाराजाधिराज त्रिभुबनले यमिमा जिम्मा लगाए । यमिजीले मोहन शमशेरको छोरो सारदा शमशेरलाई हातमा लिएर मोहन शमशेरलाई पैले यमिजी र गोपाल प्रसाद रिमालको मोहन शमशेरसंगको भेट्ने समय मिलाए । मोहन शमशेरलाई भेटेर यमिजीले पैले राखेको प्रस्ताबको स्मरण दिलाई मोहन शमशेरले पैले वास्ता नगरेको नतिजा देखाई अहिलेको परिस्थिति अवगत गराई प्रस्ताब राखे । अहिले पनि मौका छ । नेपाली कांग्रेसलाई भारतिए पिठ्ठु भनी जनताले चाहेको छैन । राणाहरुको पैसा नेपालमा कारखानामा र राजनीतिमा लगाउने प्रस्ताब राखे। तर मोहन शमशेरले यस दिशातिर कदम चाल्ने कुरै गरेन् े। तरह तरहको यस विषयमा कुरा गर्दा मोहन शमशेरको यस दिशामा इच्छा नभएको देखेर यमिजीले श्री ५ महाराजाधिराज त्रिभुवनमा यही कुरा जाहेर गरी मोहन शमशेर र उनका राणा मन्त्रीहरु भिफ्किदिए भने भोलि देखि सबै चुप लागेर भाग्ने छन् भनि दिनुभयो । यसै रिपोर्टको आधारमा श्री ५ महाराजाधिराज त्रिभुवन, नेपाली कांग्रेस र भारतको सल्लाहले राणा कांग्रेस सरकार विघटन गरियो । पफ्लस्वरुप यमिजीलाई श्री ५ त्रिभुवनले घर किन्नलाई रु 29,०००। दिए सहायक मन्त्री पनि नियुत्तफ् गरे 

 

त्यसपछि यमिजीले जस्तो भन्यो उस्तै भएको देखेर उहाँका सबै पक्षसंग कदर भयो । वि.सं २०१७ साल को काण्डमा पनि वहाँले ठुलो भूमिका थियो । पञ्चायत वहाल भएपछि भारतको ठाँउ ठाँउ गई प्रेस सम्मेलन गरी नेपालको पञ्चाउत प्रणाली सर नेपालको अन्तरराष्ट्यि नीति बारे भारतीयहरुलाई बोध गराउन पनि उहाँ सपफ्ल हुनु भएको थियो ।
वहाँले सर्वप्रथम राणाको पालामा भारत कालिम्पोगबाट ॅसमाजको एक भफ्लक’ देखि लिएर दजनौं पुस्तकहरु ल्ोख्नु भएको थियो वहाँका “ नेपालको कुरा” र हाम्रो राष्ट्यिता” ले त धूम मचाएकै थियो ।
यी घटनाहरुबाट उहाँ नेपालको राष्ट्यिता जोगाए र नेपाली जनताको हित र विकास गर्न आपफ््नो खुट्टामा उनी कसरी संतुलनमा राख्ने भन्नेको नमुना बन्नु भएको छ ।