अवस्थाको बारेमा स्पष्ट जानकारी गराई हालसम्म राजनीति नगरे पनि त्यस्मा लागेका ब्यक्तिहरुले आफ्नो प्राण समेत दिनु पर्ने अवस्था आउन सक्ने तथा उनका जहान परिवारले पनि सधैं ठूलो समस्थासंग सामना गरिनै रहनु घरवार तथा कामधाम केही नभएको हरिलण्ठुलाई पनि दिउँलात ? नचाहिंदो कुरा । मरु टोलका त्यत्रा धनाध्य परिवारका ताम्राकारलाई दिन छोडेर त्यस्ता पागललाई त कुनै हालतमा पनि दिइन्न !!’ यस्तो भनाईका कुरा मैले मात्र हैन हिरादेवीले पनि सुनेको रहेछ । तर जत्ति नै सम्पत्ति भएता पनि धेरै भाउजु देवरानी ब्यहोर्नु पर्ने ठूलो परिवार साथै उहि पुरानो ‘रितिथिति तथा गुथिगाना अनि छोइछितो संस्कार मन नपरेको रहेछ । फेरि म एक्लो ज्यान तथा राजकाजमा लागेको ब्यक्ति हुँदा अरु जे भएपनि अन्याय त नगर्ला भन्ने कुरामा उनको माष्टर भएका जगतलालले स्पष्ट रुपमा बताएको हुँदा जति नै दुःखकष्ट सहनु परे पनि राम्रो कामकै लागि सहुँला भन्ने कुराको मनन् गरी मसंग भेट गर्ने सन्देश पठायो ।
वस्तुभाउ भित्र्याउने बेलामा बिजेश्वरी जाने बाटोनिर रहेको बाल समाजको बगैंचामा उनीसंग भेट गरें । मैले आफ्नो हरिलण्ठु पर्ने यथार्थता पनि स्पष्टसंग बताएँ । जसलाई उनले सामान्य रुपमै लिएर जस्तोसुकै दुःखकष्टसंग पनि जुधेर हिम्मत नहार्ने साहस देखाएरै मलाई पनि त्यसमा बाचा गराए । तपाईको जस्तोसुकै दुःखकष्ट तथा आपद् बिपत पनि मेरो आफ्नै दुःख कष्ट र आपद् बिपद् सरह सामना गर्नेछु । त्यसै गरि सुख भएमा पनि दुबैले समान रुपमा भोग गरौंला । एक गेडा भटमास मात्र पाए पनि आधाआधा बाँडेर खाऔंला । एक मुठी सास रहेसम्म पनि साथ नछोड्ने बाचा गर्नुको साथै मलाई पनि बाचा गराइन । साथै दुःखमा मात्र हैन कि सुखमा पनि एक ज्यान सरह साथ रहनु पर्दछ । मैले पनि कुनै कपट नराखी स्वच्छ मनले कबुल गरें ।
त्यस पछि उनले “मेरा बुवा र सानि आमाले त स्वीकृति दिनेछैन । त्यसैले कुनै उपयुक्त मौकामा म आउनेछु तपाई तयार भइ बस्नुहोला ।” भनिन् । भने जसरी नै एक हप्ता पछि दिनको समयमा बागमति किनारामा भागवत काजीको सत्तल पछाडि महादेव मन्दिरको अगाडी भेट गरेर एउटा गाडीबाट कुनै निश्चित स्थानमा गएर प्रेम विवाह ग¥यौं । यसबेला लोकले अनेक कुरा काटे, गिल्ला गरे, धिक्कार भने तर उनी यसबाट कत्ति पनि बिचलित नभई यी सम्पूर्ण कुराहरुलाई मेरो दुःख कष्ट तथा आपद् विपद्संग एकै जीऊ ज्यान सरह सबै कष्टहरुलाई सहेरै मसंगको जीवन यापन गरीन । यसमा कुनै बेला पनि अनुहारमा कुनै दुःखको भाव आउन दिइनन् ।
त्यसबेला संसारकै राजनैतीक अवस्थामा उथलपुथल आउँदै थियो । सन् १९४७ अगस्ट १५ का दिन भारतमा जस्लाई हाम्रो धर्म ग्रन्थमा “जम्ब द्विपे भरतखण्डे आर्यावर्ते उत्तराखण्डे नेपाल देशे . . . . . . . . ।” भनेर कुनै पनि संकल्प गर्दा पनि अभिन्न अंग सरह मानिइ आएको देश स्वतन्त्र हुने खबरले समस्त नेपालमा पनि हर्षोल्लासको वातावरण श्रृजना भएको थियो । त्यस बेला नेपाललाई पनि राजा र प्रजा दुबैलाई बशमा पारेर ब्रिटिश साम्राज्यको लागि गोरखाली सेना उत्पादन गर्ने स्थलको रुपमा मात्र लिइएको राणा शाहीको चंगुलबाट देशलाई स्वतन्त्र गर्ने प्रेरणा सहित भारतको स्वतन्त्रता संग्राममा साथ दिंदै आएका नेपाली राजनैतिक नेताहरुले नेपालको राजधानी काठमाडौं नगरमा सोहि दिन अर्थात १९४७ अगस्त १५ मा एक सभा सम्पन्न गरे ।
सो सभा गर्नको लागि जुलुस निकालेर “भारतको स्वतन्त्रता अमर रहोस् ।” “महात्मा गान्धीको जय ।” भन्ने नारा सहितको सभामा दिने भाषणको ड्राफ्ट पनि पठाइयो ।
त्यस समय मेरो कनै रोजगारी थिएन । मेरी श्रीमती हिरा देवीले आफ्ना टोलका बच्चाहरुलाई महिनाको १ रुपैंयाको दरले करीब ६० जना जतिलाई पढाएर जेनतेन घर खर्च चलाई रहेको थियो । १४ अगष्टको दिन भोलिपल्ट १५ अगष्टको दिन केके कायृक्रम कसरी सम्पन्न गर्ने भन्ने बिषयमा छलफलका लागि राजनैतिक साथीहरुको बैठक मेरै कोठामा बसी भोलीपल्ट बिहान सबेरै मरु दबलीको पछाडीको सुर्यको मन्दिरमा श्री ३ पद्म, महात्मा गान्धी, तथा पं.जवाहरलाल नेहरुको तस्बीर सजाई पुष्प गुच्छा चढाएर टेबुल कुर्सी समेत राखी हिरादेवी यमिको सभापतित्वमा आमसभा गरी भारतमा रहेका नेपाली नेताहरुबाट पठाइएको भाषण गरेर वहींबाट पठाइएको नारा लगाउँदै जुलुस गर्ने निर्णय भयो ।
१९४७ या १५ अगष्टको बिहान हामी ४० जना जति साथीहरु पूर्वनिर्धारित योजना अनुसार सो दबलीमा पुगेर आवश्यक कार्य गर्दै ग¥यौं । हिरादेवी यमि पनि आफूले पढाइराखेका ६० जना विद्यार्थीहरुका साथ धुप बालि “भारतीय स्वतन्त्रता अमर रहोस् ।” “माहात्मा गान्धी की जय ।” नारा लगाउँदै दबलीमा पुगिन् । सभा शुरु गरेर भाषणको लागि कागज मात्र निकालेको के थिइन् कर्णेल बहादुर थापा करीब ४० जना जति पुलिस साथमा लिई “के को गन्थन हो यो ?, हाम्रा राजाको तस्बीरसंगै यो धोतिवालको तस्बीर किन ? धोतिवालको स्वतन्त्रतामा हामीलाई के वास्ता ? हामी उहिले देखि नै स्वतन्त्र छौं ।” आदि भन्दै मुख भरीको थुक निकाल्दै लठ्ठी हल्लाउँदै आएर तस्बीर पनि फ्याँकिदिए । “यो बदमासी गर्ने को हुन् निस्की । यो राणाजीको मुलुक हो, धोतिवालको होइन । तिमीहरु देशद्रोही हौ । हिन्दुस्थानका एजेन्ट हौ ।” भन्दै हामी १५ जनालाई पक्रेर लगे भने बाँकी अन्यलाई भगाए । दुधे बालक काखी च्यापेर हिरादेवी पनि हामी संगै थानामा ल्याइयो । उनीलाई महिला खोरमा थुने भने हामीलाई हाम्रै खोरमा । त्यसबेला नेपाल खाल्टोका तीनै शहरका वासिन्दाले जुुलुस निकाले, त्यसबाट सयौं जनालाई पक्रेर ल्याएता पनि ६० जना जतिलाई मात्र थुनामा राखी अन्यलाई रिहा गरियो । त्यसबेला मैले हिरादेवीको अनुहारमा कुनै डर त्रास तथा पीर चिन्ताको भाव लेश मात्र पनि देखिनँ, बरु झन बढी नै फुर्ति प्रस्फुटन भएको देखें । जसबाट त्यहाँ भएका हामी मात्र होइन कि पुलिस तथा सरकारी कर्मचारीहरु समेत प्रभावित भएको पाएँ ।
पर्सिपल्ट नै लखनउबाट प्रकाशित हुने अंग्रजी दैनिक ल्बतष्यलब िज्भचबमि ले १५ अगष्टको कार्यक्रममा महिलाको समेत सहभागितामा उत्साहपूर्वक कार्यक्रम सम्पन्न भयो भनि समाचार प्रकाशित ग¥यो । तर भारतमा बसेर संगठन चलाइ राखेका कांग्रेसहरुले हामीलाई रद्दी पद्म विधान मान्ने राणा शासकका पिछलग्गुहरु भन्दै बदनाम गर्ने प्रयास ग¥यो । हाम्रो संगठन बलियो भएको देखेर राणाशाहीले अर्को सूचना नआउन्जेल सम्म पद्म विधान अन्तर्गत पनि संघ संस्था खोल्न, भाषण गर्न नपाइने भनेर बन्देज लगाएको विज्ञप्ति निकालियो । जस्को विरोधमा सत्याग्रह गर्ने तयारी गर्दै गर्दा भारतमा निर्वासनमा रहेका वि.पि. कोइराला सहितका नेताहरु फर्केर आए । उनीहरुले हाललाई सत्याग्रह नगर्न भनियो तर हामीले सत्याग्रह शुरु गरेरै छोड्यौं । उनीहरुले त्यसलाई रोक्न खोज्यो तर सकेन र एक महिनासम्म निरन्तर भइरह्यो । ३०० भन्दा बढी ब्यक्ति जेलमा कोच्चिन पुगे, जसमा महिलाको संख्या पनि उल्लेख्य रहेको थियो ।
पर्सि पल्ट नै लखनउ शहरबाट प्रकाशित हुने अंग्रेजी. . . . . . .
“नागरिकहरुले स्वस्फुर्त रुपमा भारतीय स्वतन्त्रता दिवस श्रीमती हिरादेवी यमिको सभापतित्वमा मनाइयो । राणा शाहीले सयौं मानिस सहित दूधे बालकका साथ श्रीमती हिरादेवीलाई पनि पक्रेर लगियो ।” भनेर प्रकाशित समाचार देखाउन ल्याइयो । त्यसबेला हिरादेवीको मुखार गर्वले धपक्क बलेको देखिन्थ्यो ।
थुनामा परेको ६ महिना पछि हामीलाई रिहा गरियो । म भारत नेपाल ओहर दोहर गर्दै गर्दा भारतमा रहेका नेपाली नेताहरु बीच नेतृत्वको विषयमा विवाद शुरु भयो । एकातिर रेग्मी बाजे अर्कोतिर कोइराला बाजे । राणा शाकसलाई ढाल्नुको सट्टा आफूआफूमै विवाद गर्दा नेपालमा रहेर काम गर्दै गरेका हामी निकै अप्ठ्यारोमा पर्नुका साथै हाम्रो बिचमा पनि दुइ गुट भई बिवाद शुरु भयो । तर निराश भइ बस्नु भन्दा दुबैलाई ठिक्क हुने उपायको खोजिमा थियौं । पछि भारतीय अखबारमा “नेपालके राजधानी काठमाण्डौं में वि.पि. कोइराला सफलतापूर्वक प्रजा पंचायत. . . . . .” भनेर समाचार प्रकाशित गराएपछि झन दुई गुटको ठाउँमा तीन गुटको अस्तित्व देखिन थाल्यो । यस्तो बेला सूर्य बहादुर भारद्धाजले मलाई गोपाल प्रसाद रिमालसंग भेट गराउन बोलाएको हुंदा भेट गर्न गएँ । उहाँले मलाई चार घण्टा सम्म भारतीय राजनीति र राजनैतिक नेताहरु ल्याउनु हुँदैन । हामी यहीं बसेर नै राजनैतिक नीतिहरु बनाउनु पर्दछ । नेताहरु पनि देशभित्रकै लाई बनाउनु पर्दछ । नत्र भारतको ठूलो शक्तिले हामीलाई दवाएर उठ्नै नसक्ने हुनेछौं भनि प्रष्ट्याउनु भयो । फेरि उहाँले यो कुरालई भाउजु हिरादेवीलाई पनि बुझाउनु पर्ने भएकोले घरैमा आएर सम्झाउँछु भनेर भन्नुभयो ।
बेलुकी गोपाल प्रसाद रिमाल मेरो घरमा आएर हिरादेवी समेतलाई साथै राखेर सोहि कुरा दोह¥याउनु भयो । मैले “तपाईको कुरा सही भएपनि यहाँ केही छिसिक्क ग¥यो कि त सिध्याइ हाल्छ । बोल्ने लेख्ने केही मात्र हक भएपनि एउटा कुरा. . . ” भनें ।
“हक भन्ने कुरा त लिने हो, कसैले दिने चीज होइन ।” वहाँले भन्नु भयो ।
“लिन त लिने तर कसरी लिने ?”
“संघर्ष गरेर लिने नि ।”
“कसैको सहयोग बिना संघर्ष गर्नुको अर्थ आत्महत्या सरह हुन्छ ।”
“देशको लागि मर्नु मात्र होइन मार्नु पनि आवश्यक हुन्छ ।”
“त्यस्को लागि पनि त एउटा भरपर्दो आड र बलियो भरोसाको जरुरत हुन्छ ।”
“सोहि आडले भोलिको दिनमा आफैलाई थिच्न आएमा के गर्ने त ?”
“अबको समय भनेको भोलि थिच्ला कि भनेर चिन्ता लिने समय होइन, रिमाल ज्यू ।”
“तपाईलाई के थाहा छ र ?”
“जति नै अबुझ भएता पनि यति कुरा थाहा छकि नेहरु, जो आफ्नो देश भारतको स्वतन्त्रताको लागि साथै अरुको स्वतन्त्रताको लागि पनि आफ्नो नैतिक बलले संघर्ष गर्दे आयो, उनले नेपाललाई थिचोमिचो गर्ला भन्ने कुरामा मलाई रत्तिभर विश्वास लाग्दैन ।”
हामी बीचको यस सवाल जवाफलाई बिचमै काटेर हिरादेवीले भनिन्–“हाम्रो हकको लागि हामीले नै संघर्ष गर्नु पर्दछ भन्ने रिमालज्यूको तर्क सत्य हो । तर भारत जस्तो जुनसुकै हिसाबले पनि नजिकका छिमेकीको काम कुरामा शंका उपशंका गर्नु मेरो बिचारमा चित्त बुझ्दो लाग्दैन । सत्य कुरा भन्दैमा सोच बिचारै नगरी आत्महत्या गर्नु पनि त बुद्धिमानी हुँदैन ।
“तपाई पनि गज्जबकै हुनुहुँदो रहेछ भाउजु, तपाईले कसरी कुरो बुझ्नु भएन ? अर्काको देशमा बसेर आफ्नो देशमा प्रजातन्त्र ल्याउने भन्ने कुरा पनि हुन्छ र ? के महात्मा गान्धी, नेहरुहरुले विदेशी भूमिमा बसेर संघर्ष गरेर स्वतन्त्रता प्राप्त गरेका हुन् र ?” रिमालको प्रश्न थियो ।
“नेताजी सुभाष चन्द्र बोस जापानमा गएर संघर्ष नगरेको भए गान्धीजीको चर्खाबाट मात्र स्वराज लिन सकिने हो र ?”– मैले भनें ।
फेरि हिरादेवीले भनिन्— “यहीं बसेर मात्र त हामी जस्ता दब्बलौं दब्वल मरेर गएपनि राणाशाहलिाई फिटिक्कै हल्लाउन सकिंदेन । यो कुरा त राणाकै पक्षमा छ जस्तो लाग्छ । माफ गर्नुहोस् रिमाल ज्यू, हामीले तपाईको कुरामा त सो¥है आना सही मान्न सक्दैनौं ।
“हरे शिव, भाउजु तपाईले त कुरै बुझ्नु भएन ।” रिमालले मतिर हेरेर भने— “भारतको सहानुभूति व सहायता मात्र ठीक छ, नेतृत्व हुँदैन पो भनेको त ।”
“यस कुरामा त यहाँका नेतृत्व वर्गले सल्लाह गरेमा भइहाल्छ नि ।” –यत्ति भनेर हिरादेवी उठेर गइन् ।
गुरु पुरोहित तथा धनीमानीहरुलाई भनेर साध्य नै थिएन । उनीहरु आफै नै सर्वज्ञ भै फुर्ति गरेर आफ्ना र पराया को भन्ने नै ज्ञान नभएर बसिरहेको बेला अरुको भर नलिइ त धरै थिएन । फेरि भारत त हाम्रो धर्म तथा संस्कृतिको आधारमा पनि त त्यत्ति पराई भन्ने अवस्थाको थिएन । भन्दै म उठ्न खोज्दा उहाँले एकछिन त पर्खेर मेरो कुरा ध्यानसंग सुन—“उसो भए हामीले पहिले यहाँ संगठन सुदृढ गर्दै आफ्नो हक लिंदै भारतमा बसेकाहरुलाई मिल्ने शर्त राखेर मिलेर राणा शासक विरुद्ध संघर्ष गरे पछि मात्र हामीबाट सहयोग हुनेछ भनौंला । राणशासकहरुले हाम्रो हक दिलाएर गए त ठिकै छ नभए उनीहरुसंगै मिलेर नै जाने नीति लिनु पर्ला ।” भनेर रिमालले लौत बिदा हुन्छु भन्दै गए ।
“के गर्ने रिमालज्यू, यी सामन्तहरु त भै हाल्यो, नत्र उनीहरुसंगै मिलेर जानुपर्ला ।” भन्दै अब चाहिं फर्कनु पर्ला भन्दै विदावाजी भएर गए ।
श्री ३ पद्मले भारतका श्री श्री प्रकाशको सल्लाहबाट राजनैतिक हक दिनु पर्ने भन्दै एक बिधान बनाउन दिए । जुन “पद्म विधान” को नामले लागू गरियो । यस बिधानलाई भारतमा बसेका नेपाली नेताहरुले बिरोध गरे भने हामीले त्यसलाई मानेर त्यसकै आडमा “प्रजा पञ्चायत” भन्ने संस्था खडा ग¥यौं ।
“प्रजा पञ्चायत”लाई एउटा संगठनको रुप दिइ हामीले त्यस्को संगठन विस्तार गर्दै गयौं । सबैभन्दा पहिला हामीले राजधानी र उपत्यकाका तीनवटै शहरका साथै नजिकका गाउँहरुमा संगठनको विस्तार ग¥यौं । यसबाट सदस्यहरुको संख्या हजारौं पुग्यो । यस्मा महिलाहरुको पनि उल्लेख्य सहभागिता थियो । यस कार्यमा हिरादेवीको ठूलो योगदान रह्यो । तर भारतमा बसेर संगठनको विस्तार गर्दै गरेका कांग्रेसीहरुले हामीलाई ठोत्रो “पद्म विधान” मान्ने राणा शाहीका दलालहरु भन्दै आलोचना गर्न थाले । हाम्रो संगठन बलियो हुँदै गएपछि राणाशाही सरकारले अर्को सूचना जारी नगरुंन्जेल “पद्म विधान” अन्तर्गत पनि संघ संस्था खोल्न नपाइने र भाषण पनि गर्न नपाइने भन्दै बन्देज लगाइयो । यस्को विरोधमा हामीले सत्याग्रह गर्ने घोषणा गरेर तयारी गर्दै गर्दा भारतबाट बि.पि. कोइराला नेपाल आइपुग्यो र उनीहरुलाई पनि हामीले गर्न लागेको सत्याग्रह मन नपरेको र त्यसलाई रोक्न भन्न थाल्यो । तर हामीले सो कुरालाई नमानेर हिरादेवीलाई उद्घाटन गराएर सत्याग्रह शुरु ग¥यौं । उनीहरुले रोक्न खोजेका थिए तर सफल हुन सकेन । एक महिनासम्म यो चलिरह्यो । त्यस क्रममा तीनसय भन्दा बढी जेलमा बन्दी हुन पुगे, जस्मा महिलाहरु पनि थिए । पछि भारतीय पत्रिकामा “नेपालको राजधानी काठमाडौंमा वि.पि. कोइराला सफलतापूर्वक प्रजापञ्चायतको सत्याग्रह चलाउँदै छ ।” भनेर लेखेपछि भने राणाहरुले घोर दमन शुरु गर्न थाल्यो । हामी भागी भागी हिंड्नु प¥यो । वि.पि. कोइरालालाई पनि पक्राउ ग¥यो ।
भर्खर १० दिनकी सुत्केरी हिरादेवीलाई पनि पक्रेर लग्यो । अनेक प्रकारबाट तर्साएर बयान लिएर सुत्केरी भनेर तारिखमा छोडियो । जुन घटना हिरादेवीको लागि विष झैं भइदियो । अर्थात भर्खर माघ सकेर फागुन लागेको चीसो मौसममा मरु देखि सिंहदरवारसम्म गएर दिनहुँ घण्टौं सम्म आठ पहरिया तथा अन्य कर्मचारीहरुको हप्काइदप्काइमा बयान दिने क्रममा हिरादेवीको सुत्केरी बिग्रेर स्वास्थ्यमा समस्या तथा दम र मुटुको समस्या समेत देखिन थाल्यो ।
राणाशाही नढाले सम्म खस पर्वते, नेपाली भाषामा बोल्न र लेख्ने कार्य नगर्ने प्रतिज्ञा ।
हिरादेवीले राणा शासन नढालेसम्म खस नेपाली भाषामा बोल्ने तथा लेख्ने कार्य नगर्ने प्रतिज्ञा गरे अनुसार बयान दिने क्रममा पनि हरि शम्सेर, शंकर शम्सेर जबरा हरुसंग पनि नेवार भाषाकै माध्यमबाट मात्रै कुराकानी गर्ने गर्दथे । उनको बयानलाई नेपालभाषा (नेवारमा) अनुवाद गरी सुनाई सकेपछि मात्र सही गर्ने गर्दथे । उनीले आफ्नो प्रतिज्ञा कहिं कतै पनि तोडेन । पछि ७ सालमा प्रजातन्त्र बहालि पछि राजा त्रिभुवनसंगको भेटमा खस नेपाली भाषामा कुरा गरे पछि मात्र अरुसंग पनि यस भाषामा कुरा गर्न थाल्यो । जुन उनको मातृभाषाप्रतिको अनुरागको चिन्ह हो ।
हिरादेवी तारिखमा धाउनु पर्दा धपेडीले गर्दा अनेक थरीको रोग लाग्यो । साथै नाबालक छोरा बिधान रत्नलाई समेत रोग लाग्यो । राणा विराधी भनेर त्यस बेला डाक्टर बैद्य तथा साथीहरु पनि उनको रोगको उपचार तथा सहयोग गर्न डराउँदथे । तर गोप्य रुपमा भए पनि औष्ििधमूलो गर्नमा सघाउ पु¥याउने केही सहृदयीहरुको सहयोगको कारण रोगसंग पनि हार खानु परेन, पूर्ण रुपमा निको भने हुन सकेन । त्यस्तो बेलामा पनि गोप्य रुपमा राजनैतिक कार्यमा सहयोग गर्न छोडिएको थिएन् । राजनीतिक कार्यहरु मध्ये कसैको हिरादेवी पिभत, कसैको हिरादेवी तताजु, कसैको हिरादेवी भाउजु, कसैले हिरादेवी भाभीजी भनेर नाता गाँसेर कामकुरो गर्दथे । यसबाट आत्मियता तथा विश्वास बढ्यो । तर कहिं कतैबाट सुको आम्दानी नहुने हुँदा दैनिक गुजारा गर्न पनि समस्या थियो । खानाको लागि त हजुर आमाबाट ब्यवस्था गरिीद्यएको थियो । अन्य खर्चको ब्यवस्थाको लागि बच्चाहरुलाई पढाएर महिनाको पचास साठी कमाई पनि गर्दै थिइन् ।
पछि म भारतको गर्मी सहन नसकेर बरु नेपालकै जेलमा बस्नु उचित हुने ठानेर नेपाल फर्कें । उनको तारिख सकिएको थिएन । एउटा बच्चालाई तुकुतुकु हिंडाएर अर्को काखे बालकलाई बोकेर राणाशाहीको तारिखमा सिंह दरवार निरन्तर धाउँदै गर्दा उनलाई दम र मुटुको रोगले गाँज्यो जुन रोगले राणा शासन ढले पछि छोडेन ।
देशमा प्रजातन्त्र आयो । जताततै अवसरवादीहरुको दवदवा बढ्न थाल्यो । हिरादेवीले घर गृहस्थीमा बढी ध्यान दिनुप¥यो । ८ सालमा म उपमन्त्री नियुक्त भएपछि भने आर्थिक स्थितिमा सुधार आउन थाल्यो । राजा त्रिभुवनले घर पनि दियो । त्यसबेला बाहिरका ब्यक्तिहरुले मैले अर्को केटी ल्याउन लाग्यो भनेर कुरा लाइदिएपछि निकै पीर मान्न थालिन् । तर पछि मेरो बानी ब्यहोराको बारेमा पूरा जानकारी भएपछि भने उनको पीर कम भयो । छोरीहरु ६ वटा र एउटा छोरा गरी ७ सन्तानकी आमा भएपछि बैंशले पनि बुढी भइन् । घरधन्दामा पनि बढी नै ध्यान दिनु पर्ने भएकोले सधैं बेफुर्सदीला भइन् । मुटुको ब्यथा बढ्न थाले पछि कान्ति अस्पतालमा सेवा गर्दै आएकी महिला रसियन डाक्टरले उनलाई आराम गर्न सल्लाह दिए पनि उनले कहिल्यै आराम गर्न चाहिनन् ।
२०) . . . .राम्रो भई झन स्वस्थ देखिन थाल्यो । भिक्षुहरुलाई मात्र होइन कसैलाई पनि दान पुण्य गर्न नचाहनेले बनारस, सारनाथ र पछि कुशिनगरमा पनि गई त्यहाँका भिक्षुहरुलाई दान प्रदान गराई आफैले भोजन बनाएर अझ यहाँका भन्तेहरुले ममःको स्वाद लिन पाएका छैन होला भनि ममः बनाएर खुवाए । दीनदुःखि गरिबहरुलाई पनि केहि न केहि अवश्य दिन लगाउने गर्न थालिन् । जति स्वस्थ्य हुँदै हिसि पर्न थाले, उत्तिकै चन्चलपना पनि देखिन थाल्यो । कहिलेकाहिं मैले ठट्टा गर्दै तिमि त झन झन तरुनी भई राम्री देखिन थाल्यौ भन्दा उनले बज्यै तरुनी हुने पालामा तपाई चाहिं झन बुढो हुने भइयो नि भनि मस्किन्थे । हामी त्यहाँबाट दरभंगामा डाक्टर पढ्दै गरेकी ठूली छोरी धर्म देवीकहाँ गयौं र त्यहाँ ३ दिन बिताएर रक्सौल पुग्यौं ।
२२)
नेपालमा अहिले सम्म जाडो नै हुन्छ । अलिक दिन यहीं बसेर न्यानो हुने बेलामा मात्र आउनु भनेर म एक्लै नेपाल फर्कें । चार दिन पछि नै उनको मनले नमानेको हुँदा कुनै खबर नगरी नेपाल फर्कन लागेको बेला बीरगंजमा त्यहाँ बनाउन लागेको चैत्य आकारको भवनका डिजाइनकर्ता मा.चन्द्रमान माय्के जो काठमाडौं नै फर्किन लागेका थिए, संग भेट गरेर उहाँसंग अनुरोध गरी अर्को एक ब्यक्तिको हवाई टिकटबाट काठमाडौं फर्किए ।
काठमाडांै पुगेर पनि त्यत्तिकै चञ्चल भै एता उता जताततै आफै गएर काम गर्ने गराउने गर्दै थिए । यस्तैमा एकदिन २५ जनवरी १९७० का दिन मैले भने— “यसरी सधैं अर्काको काममा मात्र दगुरेर भएन, पहिला आफ्नो शरीरको पनि ख्याल गर्ने गर्नु । भनाई पनि छ नि– ‘शरीर मध्यम् खुल धर्म साधनम् भन्ने अर्थात शरीर स्वस्थ्य बनाएर मात्र धर्म गर्नु पर्दछ ।’ तर उनी मेरो कुरामा कुनै वास्ता गर्दैनथे । म आफै पनि राजनैतिक गतिविधिमा संलग्न भएको हुँदा कुकुरको काम पनि नहुने, फुर्सद पनि नहुने भने झैं सधैं यताउति कुदिरहनु पर्ने । उनी पनि आफ्नो वा पराई नभनि अन्याय भएको थाहा हुना साथ सके पनि नसके पनि झगडा गर्न अघि सर्ने नै आफ्नो धर्म ठान्ने । साधु, सन्त, भिक्षु लामा अनि देवताको नाममा कुनै वास्ता नगर्ने ।
उनी बिरामी हुन थाले देखि मेरो मनमा अनेक कुराहरु खेल्न थाल्यो, अनि बरोबर भन्ने गर्थें— “हिरादेवी, तिमीले आफ्नो शरिरलाई बेवास्ता गरी बेकारको सानासाना कुरामा पनि आफै खटेर संघर्ष गर्ने गर्दा तिमीले चाँडै नै हामीलाई अनाथ बनाउने भयौ । किनकी यस घरको सम्पूर्ण भार नै आफैले बोकेर मलाई मेरा अभिभावकले एक्लो सन्तानलाई कुनै पीर लिनु नपर्ने गरी पाले झैं पालेर मेरो बानी बिगार्ने, तिमीलाई केही भयो भने म अनाथ नहुँला र ? त्यसैले अब देखि तिमीले कुनै काम नगरी हामीसंग भएको खाई आनन्दसंग बस ।” भनेर पनि केहि लागेन ।
एकदिन “मलाई त निकै गा¥हो भइरहेको छ । तपाईले गाली गर्नुहोला कि भनेर मात्र केहि नभनेको । बाहिर अड्डा अदालत जाँदा बरोबर मुटु नराम्ररी धड्कने गर्दछ । कतिपय अवस्थामा त मेरा पहिचानका ब्यक्तिले पु¥याउने गर्दथे । अब त मलाई एउटा कोठाबाट अर्को कोठामा जान पनि समस्या हुन थालेको छ । साँच्चै तपाइँले भने झैं अन्याय. . . . .।”
मैले उनको अनुहार राम्ररी नियालि हेर्दा फुङ्ग उडेको देख्दा भित्री मन देखि नै अमिलो भएर आयो । लौ भएन भनि साथी आशालाल श्रेष्ठलाई पटनाको लागि प्लेनको टिकट लिन पठाएँ । पर्सिपल्ट नै दुइवटा टिकट ल्याइदियो । दुई दिन आवश्यक सामानहरुको जुगाड गरी गयौं । नयाँ दिल्लीको अल् इण्डिया मेडिकल इन्टिच्यूटमा पुगेर चेकअप् गरायौं । त्यत्तिनै बेला नेपालका ५०० जति बौद्धतिर्थ यात्रीहरु यात्राको क्रममा नयाँ दिल्ली पुगेको थियो ।
उनी उनीहरुसंग रमाई रमाई भेटघाट गर्न थाले । १६ औं दिनको दिन सम्पूर्ण चेकअप् सिद्धियो । त्यहाँका डाक्टरहरुले यहाँ अलि बढी जाडो छ । न्यानो ठाउँमा लग्नु भनेर सल्लाह दिए । अनि अस्पतालमै राख्नु पर्ला भनेर छोरा बिधान र छोरी कयो देवीले पनि आउनु भनेर बोलाई राखेको थियो । हामी त्यहाँबाट बनारस (काशि) तिर लाग्यौं । त्यहाँ अलिक बढी न्यानो अनुभव भयो । बाराणसिमा कित्रमा भन्तेले उनलाई मेरो राजनैतिक जीवनी बारे सम्पूर्ण रुपमा बतायो । त्यस्तै धर्मरक्षित भन्तेले ठूलो सहयोग गरे भने त्यहीं बस्ने तिब्बती भन्ते गेहो गोशेर भन्तेले त्यहीं नै खाने कुरा समेत तयार गरी बस्ने ब्यवस्था समेत मिलाउनु भयो । त्यहाँ १० दिन जति बस्दा नेपालको जेलबाट भर्खर छुटेको बि.पि. कोइरालाज्यूबाट डिनर आमन्त्रण गरी आथित्यता प्रदान गर्नु भयो । त्यस बेला श्रीमती कोइरालाले उनलाई निकै सत्कार गरी मलाई भन्नुभयो– “यमिज्यू ! भाउजुलाई राम्ररी हेरबिचार गर्नु होला । उहाँलाई केही भएमा तपाई अनाथ बन्नु हुनेछ । तपाईको जीवनमा भाउजुको धेरै ठूलो त्याग र तपस्या छ । तपाईको जीवन पनि हाम्रो देशको लागि अति महत्वपूर्ण छ । देशमा धेरै समस्या बाँकी नै छ ।” मैले पनि ती दुईको कुरालाई अर्तिको रुपमा लिएँ ।
हिरादेवीको द्यालसा ख्वा ?
भारतिय गणतन्त्र दिवसको पार्टी भोजमा मलाइृ पनि लैजानु है आफू एक्लै मात्र जाने होइन नि भनिन् । बेलुकी ९ः०० बजेको समयमा म बाहिरको कामबाट फर्कें । उनी छोरीहरुको कोठामा पल्टिरहेकी थिइन् । छोरा बिधान भोजबाट फर्केर आफूसंग ल्याएको (थयाहःगु) मिठाई रोटी दिए ।
भाजुरत्न साहुकहाँ साहुनीको पुण्य तिथिको भोजको रोटी कत्ति मिठो भन्दै मैले एक टुक्रा खाएँ । बच्चाहरुलाई पनि दिएँ र उनीलाई पनि खानु भन्दै दिएँ । खानु मन नै छैन, आज मीठोसंग धेरै खाना खाएँ भनिन् । मलाई सोही ठाउँमा ल्याइदिएको खाना खाएर सुत्न कोठामा गएँ । केही बेर पछि उनी पनि सुत्न कोठामा पसिन् । मैले यहाँ चीसो छ । त्यही कोठामा सुत्नु भनें तर उनले म आज यही कोठामा सुत्छु भनेर रेडियो खोलिन् । मैले १० बजि सक्यो नसुति किन रेडियो खोलेको भनें । उनले तपाई सुत्नुस् म केही आनन्दले केहीबेर रेडियो सुनेर सुत्छु भन्दै रेडियोको आवाज कम ग¥यो । केही बेरमा नै म भुसुक्क निदाएछु । केही बेरमा बच्चाहरु आएर मलाई उठाउन आए । हत्त न पत्त उठेर कोठामा पुग्दा कोठामा त धेरै नै हल्लाखल्ला र अलमल भइरहेको पाएँ ।