Dharma Ratna Yami

Rough 

 

प्रकाशकको भनाइ

विश्वविख्यात महापण्डित राहुल सांकृत्यायनद्वारा लिखित यमिजीको जीवनीलाई पाठकहरूका सामु प्रकाशित गर्न पाउँदा खुसी छु। राहुलजीले नयाँ दिल्लीको 'सस्ता साहित्य मण्डल' बाट प्रकाशित हुने मासिक पत्रिका "जीबन-साहित्य" मा क्रमिक रूपले तीन अङ्कहरू (१९५३ मे, जुन, र जुलाई) मा "नेपाली नेता धर्मरत्न यमी" शीर्षकमा लेखहरू लेख्नुभएको थियो। तिनै लेखहरूलाई एकत्रित गरी यहाँ पुस्तकको रूपमा प्रस्तुत गरिएको छ। यस सानो पुस्तकमा यमिजीको जीवनीका साथै विक्रम संवत् १९९५ देखि घटेका नेपाली राजनीतिक घटनाक्रमहरूको झलक पनि पाइन्छ।

यस पुस्तकका नायक (यमिजी) सँग मेरो परिचय केवल यस पुस्तिकालाई पढेर मात्र भएको होइन, तर गत वि.सं. २००६ सालमा राजनीतिक जेल जीवनका क्रममा यमिजीसँग ७ महिना बिताउने अवसर पाएको थिएँ। र धेरै लेख्नु आवश्यक छैन, पुस्तकलाई सुरुदेखि अन्त्यसम्म पढ्दा सबै कुरा थाहा हुन्छ कि यमिजी कस्तो दयनीय अवस्थाबाट गुज्रिएर अगाडि बढ्नुभयो!

भावी देश-सेवकहरूलाई यस पुस्तकबाट ठूलो प्रेरणा र उत्साह मिल्नेछ, यही मेरो इच्छा हो। आज फेरि दोस्रो संस्करण प्रस्तुत गर्न पाउँदा हामीलाई ठूलो खुसी लागिरहेको छ।

शङ्करबहादुर के. सी. कमलपोखरी १०-७-१९६३

 

(४)

धर्मरत्नका बाबू भवानीरत्नको तलब आठसय, धीरेन्द्र बज्रको पाँचसय र बाँकी कर्मचारीको तीनसय साठी रुपैयाँ वार्षिक ठेकियो। धर्मरत्नले मालिकहरूसँग यस्तो व्यवहार गरेको बाबु चाहिँले मन पराएनन्। उनी पुरानो किसिमका सज्जन मानिस थिए, मालिकको निमकलाई ज्यानभन्दा पनि बढी मान्थे। यसको पीर उनको मनमा थियो नै। छः सात महीनापछि धर्मरत्नकी आमाको मृत्यु भएको खबर आउँदा आफूले गरेको कामप्रति उनलाई साह्रै पश्चाताप लाग्यो। दुई तीन दिनसम्म त उनलाई निन्द्रै लागेन। धर्मरत्नले बाबुको मन बहलाइदिन खोजे, पैसा जम्मा हुने वित्तिकै स्वदेश फर्कने निश्चित भयो। यसरी निश्चिन्त भएर एकदिन दिउँसो पीठो किन्न धर्मरत्न बाहिर गए। यही बेला खबर पाएर हस्याङ फस्याङ गर्दै घर आए। दिउँसो १ बजे तल्लो तलाको एउटा अँध्यारो कोठाको कुनामा एउटा फ्रेञ्च पिस्तोलले माहिला साहूलाई हानिसकेको थियो। छोरो पुग्दा नपुग्दै उनको शरीर चीसो भैसकेको थियो।

मालिकका जोरीपारीकाले धर्मरत्नलाई खूब उक्साए, नेपाली दूतावासका मानिसहरूले पनि उनलाई भड्काए, तर धर्मरत्नको जवाफ सबैलाई एउटै थियो— "बाबुको ज्यान गएकोमा अब म मालिकहरूलाई दुःख दिन चाहन्न।" माहिला साहूले मर्नुभन्दा पहिले तीन ओटा चिठी लेखेर पैसा राख्ने सन्दूकको मुनि राखिदिएका रहेछन्। नेपालका राजदूतको नाममा लेखिएको चिठीको बेहोरा यस प्रकार थियो, "मैले आफ्नो खुशीले आत्महत्या गर्न लागिरहेको छु। हीराको धूलो चाटे र पकाएको तेलमा अफीम हालेर पनि पिएँ, तर मर्न सकिन। अब पिस्तोलको गोलीले आफ्नो जीवन खतरामा गर्न लागिरहेको छु। यसमा कसैको दोष छैन।" छोरा र भाइलाई लेखेको चिठीमा भने म ले आफ्नो नालायकीको कारण तिमीहरूको लागि केही गर्न सकिन भनी लेखेका थिए।

धर्मरत्न अरु नेपालीहरू जस्तै तिब्बती भाषा खालि बोल्न जान्दैमा सन्तुष्ट हुने खालका मानिस थिएनन्। उनले त्यसमा पूरा अधिकार जमाउने कोशिस गरे। यसमा एउटा कारण एकजना तिब्बती युवतीसितको प्रेम पनि थियो। तिनी उनलाई प्रेम गर्थिन् तर नेवार र तिब्बतीको बीचमा पुर्खादेखि जुन खाडल थियो, त्यसलाई देखेर तिनी धर्मरत्नलाई वरण गर्न तयार भैरहेकी थिइनन्। धर्मरत्नले आफ्नी प्रेमिकाप्रति तिब्बती भाषामा अनेकौं कविता लेखे, आफ्नो दोस्रो पटकको जेलयात्राको अवसरमा त "तिब्बतको जवाफ" (संदैया लिसः) नामक एक खण्डकाव्यकै रचना गरे। अब धर्मरत्नको मस्तिष्क उद्बुद्ध भैसकेको थियो। उनलाई थाहा थियो—आफ्नो छोरा नेपाली खचरा भएर जिन्दगीभर लाञ्छित भएर रहने मात्र होइन, बाबुको सम्पत्तिबाट उसले कानाकोडी पनि नपाउने, अनि छारी भए तिब्बत सरकारको उपेक्षित प्रजा हुने भन्ने थाहा पाउँदा-पाउँदै कोही तिब्बती केटीले कुनै नेवार केटोलाई आफ्नो दिल किन दिइरहन्थ्यो!

यसभन्दा पहिले एउटा अर्को कुरा पनि भएको थियो जसले गर्दा पनि धर्मरत्नको जीवनको धारा अर्को तिर मोडियो। (भारतको) चटगाउँका क्रान्तिकारीहरू मध्ये एकजना अन्नदानन्द परिव्राजक आफ्नो देशबाट भागी घुम्दै-फिर्दै ल्हासा पुग्न सफल भएका थिए। धर्मरत्नलाई उनको सत्संग गर्ने मौका मिल्यो। नेपालीहरूले कुल्ली र सिपाही भएर बस्ने अपमानपूर्ण अवस्थाबाट निस्कनु आवश्यक छ र त्यसको लागि सबैभन्दा पहिले देशलाई राणाशाहीबाट मुक्त गराउनु पर्छ भन्ने धारणा उनको मनमा गाडिदिन परिव्राजक सफल भए। यस सत्संगको फलस्वरुप उनले अब राजनीति सम्बन्धी हिन्दी पुस्तकहरू खोजी-खोजी पढ्न लागे। ल्हासामा जति पनि हिन्दी अखबार या पुस्तकहरू पाइन्थे ती उनी खोजी खोजी पढ्थे। शुरु शुरुमा त उनलाई बुझ्न गाह्रो भएको थियो, तर मनमा तीव्र जिज्ञासा भएको कारण उनले हिन्दी भाषा सिक्ने काम गरे।

धर्मरत्नको स्वतन्त्र बुद्धिले ल्हासामा एउटा अर्को रंग पनि देखायो। उनी तिब्बती विद्वानहरूको सम्पर्कमा त आएका थिए नै, साथै चिनीयाँ अफिसरहरूसँग पनि उनको बस-उठ थियो। तिब्बती मुसलमानहरूसँग ज्यादा हेलमेल भएकोले उनी इस्लाम धर्मको बारेमा पनि ध्यान दिएर सुन्ने गर्थे। नेपाली-बौद्धहरू हिन्दू भएको नाता-

 

etc