राणा शासनकालमा पढेका महिलाहरुको अनुभव
१०४ वर्ष जजेर र निरंकुश,फासिष्ट राणाशासनकाल नेपालको राष्ट्यि पतनको इतिहास भन्न सकिन्छ । सर्बसाधारण नेपालीहरु राणाशासनहरुसंग सधैं त्राहिमामभएर बस्नु परेको थियो । त्यस माथि पनि महिलाहरुलाई त झन् साह्ै सास्तीथियो । पढ्नु लेख्नु त कताहो कता कसैले थौरै प्रगतिशील कुरा ग¥यो भने त्यसलाई सोझै गिरफतार गर्ने, पिट्ने मार्नेसम्म कामहुन्थे । यस्तो नारकीय अवस्थामा पनि शिक्षाको उज्यालो छर्न प्रयास गर्ने त्यसबेलाका महिलाको बारेमा छोटो परिचयत ल दिइएको छ ः
लुकीलुकी पढ्ने र पढाउने कथा रत्नेश्वरी श्रेष्ठ
कुरा २००४ सालतिरको हो । हाल चाकुपाट पाटनमा बस्ने रत्नेश्वरी श्रेष्ठ पनि राणाकालकी भुक्तभोगी एक प्रतिनिधिपात्रहुन् । उनीबैंसमा अत्यन्तै सुन्दरी थिइन् उनीजहिले पनिधोसे मुन्टो लागाएर हिड्ने गर्थिन । राणाहरुबाट जोगिन उति बेला साह्ै मुश्किलथियो ।उनकाअनुसार भन्साछेँ केलटोलको साहुकी छोरी हिरादेवीले जनकलालश्रेष्ठको घरमा दुइचार जना केटाकेठी जम्मापारेर पढाउनथालिन् । त्यो बेला पढ्ने र पढाउने काम सार्वजनिक रुपम गर्न पाईदैनथ्यो । यस्तो काम गरेको कहीकतैबाट राणाहरुले थाहापाएभने शिक्षक र विद्यार्थी दुवैलाई खेदेर झ्यालखाना पु¥याइन्थ्यो । कहिलेकाही पढाइरहेको घर वरपर सीआईडी र पुलीस आइपुग्थे । यस्तो बेलाबेलागल्लीगल्लीहुँदै आफनाविद्याथीहरुलाई शिक्षिका हिरादेवीले सुरक्षित स्थानमा लैजन्थिन् । केही गरी पढाउने घरको बारेमा राणाहरुले थाहापाएभने उनीहरु सुटुक्क अर्को ठाँउमा सर्थे । सानैदेखि राणा विरोधीअभियानमा लामबद्ध बनेकी हिरादेवीलाइअचानक टिबीकोमिारले च्याप्यो । उनको धाटीमा ठुलठुला खटिरा आउदै फट्ु्दै गर्न थाले । त्यसपछि उनलाइउपचारका लागिभाजुरत्नले इण्डिया लगे ।त्यो बेला ईण्डियामा ब्रिटिस धपाउआन्दोलन प्रत्यक्ष देखेकीहीरादेवीले आफू पनि नेपाल फर्केर राणालाई फाल्ने आन्दोलन सक्रियबन्ने मनमनै प्रण गरेकीथिइन । इण्डिया बसाइकाक्रममात्यहाँको आन्दोलन देखि आँट र साहस लिएर नेपाल फर्केकी हिरादेवीले राणा विरोधीअभियानमालागेर पटक पटक जेलमा बस्दै आएका धर्मरत्न संग विवाह गरिन् । यसरी पटक पटकजेल बस्दै आएका धर्मरत्नसंग विहे गरेपछि हिरादेवीकामाइतीले उनलाई घरबाट उनलाई निकालीदिए । त्यसपछि यो जोडीले केही समय साँखुको डाँडामा बितायो । यसै बिच धर्मरत्न फेरि जेल परे यता हिरादेवीले बुद्धि विकास स्कुलमा पढाउन थालिन । केटाकेटीलाई पढाएर पाएको पारिश्रमिकबाट आएको च्यूरा,मकै,भटमास र तरकारी लगायतकाअन्नपात र खानेकुरा लिएर उनी जेलमापुग्थिन् । सातवर्षको उमेरमा आमागुमाएकी हिरादेवी सानैदेखि आँट र साहसले भरिएकी एक विदेहीथिईन । सधैभरी बच्चाबोकेर काममालाग्ने हिरादेवीका ६ छोरी र एक छोरा छन् । जिन्दगीभरि राणा विरोधीआन्दोलनमा आवद्ध नेताकार्यकर्ताको व्यवस्थापनमा खटिएकी उनी ४० वर्ष नपुग्दै थला परिन् ।
सधैभरि आफ्ना सबै छोरीहरुलाई जम्मापारेर हिरादेवीले भन्ने गर्थिन “मैले तितिहरुलाई सम्पति र गहनादिएभने पछि अरुले लैजान्छ । त्यसैले म मर्नै बेला एउटा शव्द छोडेर जान्छुतिमिहरु ज्ति सक्दो पढ । म मरेपछि तिमिीहरुले ज्यानफालेर पढ्नु ।
उसो त छोरीलार्य गुफा राख्ने र बेल विवाह गरिदिने नेवारी परम्परालाई हिरादेवीले लत्याइदिएकीथिइन् । उनले आफ्ना कुनै छोरीलाई पनिगुफा राख्ने बेल विवाह गर्ने संस्कृतिनमानेर आफ्नै छोरीबाट परिर्वतनको सुरुवात गरेकीथिइन । यसरी गुफानबसेका र बेल विवाहनगरेका उनीहरुलाई विवाह गर्ने कोहीनिस्किएन । यहाँसम्म कि विदेशबाट डाक्टर सकेर फर्केकी जेठी छोरी धर्मदेवीलाई विवाह गर्न पनि मान्छेहरु हिच्किचाए । पुरातनवादी सोच भएकोले आफ्नै जातभित्रविवाह गर्न बेल विवाह र गुफानबसेकोले त्यति सहजभएन । पछि धर्मदेवीले स्थानीय राजभण्डारीसँगअन्तरजातीयविवाह गरिन् । उतिबेलाअन्तरजातीयविवाहगर्नेचलनै थिएन । तै पनिशिक्षित राजभण्डारी परिवारले यी कुराहरुको कुनै परवाहनगरी धर्मदेवीयमिलाई बुहारीको रुपमाभित्रा्याए ।आजनेपाली समाजले कोल्टो फेरिसकेको छ । आफ्ना बालबच्चाको शैक्षिक स्तर बृद्धि गर्ने कुरामाप्रायः सचेत भइसकेका छन् । छोराछोरीमा भेदभावविस्तारै हटिसकेको छ । तर राणकालको त्रासदीभित्रपनिजीवनलाई नै दाउरा राखेर लुकीलुकी पढ्ने र पढाउने काममा सक्रियमहिा हिरादेवी,रत्नेश्वरी र लक्ष्मीप्रभाहरुको अभियानलाई एक साहसिक र कांन्तिकदमहो भनेर मान्नै पर्छ ।
Published in Athmarch magazine