Laxmi Prabha Bajracharya wrote about Heera Devi Yami

राणा शासनकालमा पढेका महिलाहरुको अनुभव

१०४ वर्ष जजेर र निरंकुश,फासिष्ट राणाशासनकाल नेपालको राष्ट्यि पतनको इतिहास भन्न सकिन्छ । सर्बसाधारण नेपालीहरु राणाशासनहरुसंग सधैं त्राहिमामभएर बस्नु परेको थियो । त्यस माथि पनि महिलाहरुलाई त झन् साह्ै सास्तीथियो । पढ्नु लेख्नु त कताहो कता कसैले थौरै प्रगतिशील कुरा ग¥यो भने त्यसलाई सोझै गिरफतार गर्ने, पिट्ने मार्नेसम्म कामहुन्थे । यस्तो नारकीय अवस्थामा पनि शिक्षाको उज्यालो छर्न प्रयास गर्ने त्यसबेलाका महिलाको बारेमा छोटो परिचयत ल दिइएको छ ः

लक्ष्मी प्रभा बज्राचार्यः

काठमाडौंमखनबहालमाजन्मिएकीलक्ष्मीप्रभाबज्राचार्य बुद्धि विकास विद्यालयमखन टोलको हनुमान ढोका निर पशुपतिमन्दिर छ त्यसको ठीक पछादि जानकीको घरमा खोलिएको स्कुलमा सानो छँदा पढ्न जाने गर्थिन ।उनकाश्रीमान् मोतीकाजी स्थापित र उहाँका केही साथीहरु मिलेर २००३ सालमा स्कुलखोल्नुभएको थियो । त्यो बेलाउनीजम्मा ६ वर्षकीथिइन् । त्यस स्कुलबचाउनलाई उनले पनि धेरै सास्ती खेप्नुप¥यो । पछि उक्त स्कुललाई त्याँहाबाट हटाएर मरुसतहभन्ने ठाउँमा सारियो । त्याहाँबाट पनि हटाएर कोछेंमा सारियो त्यसको केही समय पछि फेरी भोसिको टोलमा सारियो । यसरी राणाहरुले थाहापाएको संकेट पाउनासाथत्यो स्कुल सारिन्थ्यो । गल्लीगल्लीभित्र स्कुल सार्दा उनी र उनका साथीहरु बिलभ लेन माने गल्लीभन्दै गाउँदै स्मुलपुग्दथे ।
रााणाहरुले पठाएको सीआइडीहरु र पुलिसहरु आउँदाउनकीगुरुमा हिरादेवीयमिले जो सधै एउटा बच्चाबोकेर आउने गर्थिन । उनले पढाउन छोडी सारा विद्याथीलाई गल्लीगल्लीहँुदै चोकचोकबाट भित्र लगेर लुकाउने गर्थिन । त्यस्तै उनीहरु पढीरहेको बेलाबाहिर राणा विरोधीजुलुसहरु आउँदाखुब डराउथे । जुलुशकाबारेमा सिकाउँदै गुरुमाले नडराउनभन्थिन् । त्यो बेला हिरादेवीको मुहारमा रााणाको विरोधमाविद्रोह झल्केको देखिन्थ्यो । हरेकाविद्याथीको कापीमाअलगअलग गृहकार्य दिँदा गुरुमालाई धेरै समय लाग्थ्यो । गुरुमाका साथमा सधैं एउटी एक वर्षकीबच्चीहुन्थिन् ।तीबच्ची रोएको रोयै गर्थिन् उनलाई विद्यार्थीले फकाउँदा पटक्कै मान्दैनथिइन् । तीबच्ची धर्मदेवी यमि थिईन जो अहिले क्यान्सरको डाक्टर बनेकी छिन् । पछि लक्ष्मीप्रभाले कान्तिईश्वरी राज्यलक्ष्मीहाईस्कुलबाट एसएलसीपास गरिन् । अत्यन्तै हिम्मतभएकी हिरादेवीलाई देखाउदै लक्ष्मीकीआमाले भन्नुहुन्थ्यो हेर छोरी यीमहिलाको श्रीमान् धर्मरत्नयमीजहिले पनि जेलमा हुन्छन् र यिनीपनि राणा विरोधीजुलुशमापनिपुगेकी हुछिन, जेलमापनि पर्छिन । अनिनिस्केर फेरि जीज्यानलगाएर उनै बन्दीकालागिविभिन्नकाम गछिन ।उनलेबच्चाहरुलाई पढाएको पारिश्रमिकबाट पाएको चिउरा,मकै,भटमास लागायतकाखानेकुराहरु जम्मा गरेर जेलमा पु¥याउने गर्थिन । आफन्त र चिनेजानेकाहरुले दिएको तरकारी र भटमास जम्मा गरी भुमिगत नेताकार्यकर्ता र आफनाबच्चाहरुलाई खुवाउने गर्थिन । यिनलाई खाना जुटाउन साह्ै गाहे थियो । बिरामीहँुदापनि कसैले हेरचार गर्ने आँट गदैंनथे । यहाँसम्म कि कसाहीले कुकुरलाई दिने निहँु बनाई मागेर ल्याइ घाममा लुकाएरु मटोको ध्याम्पोमा जम्मा गरी राख्थिन् । र वरिपरि बाटोमा भएकासिस्नुहरु टिपेर ल्याई सिस्नु र हड्डीको सुपबनाएर खाने र खुवाउने गर्थिन । यस्ता कष्ट व्यहोरेकीलक्ष्मीप्रभाकील गुरुमाको शिक्षाप्रतिको मोह साहै प्रशंसनीय र प्रेरणा दायी छ । त्यो बेला रााणहरुले दुइचार जना मान्छे जम्माभएर कुरा गर्न पनिदिदैनथे । यदि कसैले कुरा गरिहाल्यो भने पनि सीआइडीले लगेर बेसरी पिटेर छाड्थे । त्यसैले राणा विरोधी कृयाकलाप गर्नलाई धेरै सतर्कताअपजाउनु पथ्र्यो । त्यो बेला केटीमान्छेलाई बाहिर एक्लै दुक्mलै देखेमा राणाहरुले उठाएर लैजान्थ, बलात्कार गरी घरमै राख्थे । बलात्कारको कारण उक्त केटी गर्भवतीभइभने उसलाई मारेर घरमै गाडिदिन्थे ।
त्यो बेला राणहरुले कसैको घरमा राम्री तरुणी छोरी बुहारीभएको चालपाएभने तिनलाई जर्वर्जस्ती उठाएर लैजान्थे र उनीहरुलाई नाचगानमाप्रयोग गर्ने बलात्कार गर्ने र मार्ने सम्मकाकामगर्थे अहिले पनिसिहदरवारमा उत्खन्नग¥यो भने त्यो बेलाका सर्वसाधरणका छोरी बुहारीलाई राणाहरुले मारेर गाडेको अवशेषहरु भ्ेटिन्छन भन्ने त्यो बेलाकाभुक्तभोगीहरु बताउँछन् । यतिमात्रहोइनसिहदरबारको उत्तर पश्चिममा पर्ने पुतलीसडकको नामकरण कसरीभयो भन्ने बारेमा पनि पुरानो भनाइ छ । राणाहरुले नाच्ने केटीहरुलाई पुतलीभन्थे र सिहदरबारभित्रउनीहश्रले त्यस्तै कामको लागीपुतली घर बनाएकाथिए ।त्यहीबाट सडकको नाम नै पुतलीसडक रहनगयो । राणहरुले त्यो बेलाअसारमा धान रोप्ने बेलामा रोपाहारको रुपमा राम्रा केटीहरु निस्कन्छन र त्यहीबेलातिनलाइ उठाएर आफनो दरवारमा ल्याउनउनीहरु रोपाइँ हेने बाहानामाबाहिर निस्कन्थे । त्यसैले जनताहरु ऋाफ्ना छोरी बेटीलाई राम्री देखेर राणाहरुले नलैजाउनभनी शरीर भरी र मुखमा समेत हिलो छयापेर रोपाइँसिध्याउथे । र आफना छोरी बुहारीलाई लुकाउन घर नजिक धेरै चोकै चोकै बनाउथे जसले गर्दा राणाहरुलाई अर्काकी छोरी बुहारी देख्न मुश्किलहुन्थ्यो ।
त्यसैले त्यो बेला छोरीहरु घरबाट निस्केर पढ्न जानुभनेको धेरै ठुलो खतरा मोल्नु हुन्थ्यो । पढ्नु लेख्नु भनेको राणहरुको लागि अपराध र राज्यविप्लव ठहरिन्थ्यो ।
तलेजु देवताको अगादिकन्या पाठशाला भन्ने स्कुलखुल्यो । त्यहाँशहिद शुक्रराजशास्त्रीकाभाइबुहारी र बहिनीप्रधानाध्यापक र सहप्रधानाध्यापकथिए । त्यसपछि पद्य शमशेरले डिल्ली बजारमा पद्यकन्याहाइस्कुलभनेर २००४ सालमाखोलेका हुन् । त्यतिबेला पढेलेखेकाहरुले अन्य रोजगारी पाउदैनथे । त्यसैले धेरै जसोमानिसहरु अध्यापन गराउर्थे ।

 

Published in Athmarch magazine