एक परिचय: योद्धा जनकवि धर्मरत्न यमि

एक परिचय: योद्धा जनकवि धर्मरत्न यमि

बहुआयमिक प्रतिभाका धनी हुन्स्व. धर्मरत्न यमि। उनी राजनीतिज्ञ, विचारक हुन्। इतिहासविद, समाजसुधारक हुन्। भाषाविद, साहित्यकार हुन्।  बौद्ध दर्शनका ज्ञाता, विशिष्ट विद्धान हुन्। संस्कृतिविद, प्राज्ञिक व्यक्तित्व हुन्। प्रगतिवादी, जनवादी लेखक, विश्लेषक हुन्। समाजका विद्यमान विभेद अन्यायविरुद्ध युद्ध लड्ने विद्रोहचेत भएका योद्धा हुन्। श्रमजीवी जनताले भोगेका दुःखपीडा खेपेका अन्यायका अनुभूतिहरू कवितामार्फत निरन्तर अभिव्यक्त गर्ने जनकवि हुन्।

नेवार समुदायका यमिले नेपाल नेवारी भाषामा एक दर्जनभन्दा बढी जीवनी, कथा, कविता काव्य, खण्डकाव्य, आख्यान लेखहरू सङ्कलित कृतिहरू प्रकाशित गरेको पाइन्छ। त्यस्तै नेपाली खस भाषामा बुद्ध मानिस हुन्, शहीदी रक्त, जगत ज्योति, हाम्रो राष्ट्रियता, बौद्ध दर्शनको रूपरेखा, समाजको एउटा झलक, प्रवासी नेपालीलाई एउटा मेरो विन्ती गान्धी गौरवजस्ता महत्वपूर्ण कृतिहरू प्रकाशित भएको पाइन्छ। हिन्दी भाषामा प्रकाशित कृति महामनुष्य बुद्ध जो, बुद्ध मानिस हुन्का हिन्दी अनुवाद हो। अङ्ग्रेजीमा उनको प्रकाशित कृतिहरू नो थर्ड वे आउट, दी स्टडी अफ क्रिटिकल सिचुएसन अफ नेपाल, प्रेस स्टेटमैन्ट्स एन्ड आर्टिकल अन प्रेजेन्ट रिलेसन बिट्विन नेपाल एन्ड इन्डिया पछिल्लो समय प्रकाशित उनको कृति नेपालका कुरामा उल्लेख भएको पाइन्छ।

नेपालका कुरा कृति समाज रुपान्तरण अभियानमा जुट्ने इतिहासका इतिवृति जान्न रुचि राख्ने नयाँ पिँढीका लागि प्रशस्त प्रेरणा स्रोतको रूपमा लिन सकिन्छ। विसं १९७२ भाद्र गतेका दिन काठमाडौंको असन कमलाक्षी टोलमा जन्मेका धर्मरत्न यमिले बाह्र बर्षको उमेरसम्म घरमै अनौपचारिक शिक्षा हासिल गरे। तेह्रदेखि सत्र वर्षसम्म बाँडाको ज्यासलमा खलाती फुक्ने कपडाको जुत्ता सिउने ज्यालादारी गरे। सत्रदेखि चौबीस वर्षको उमेरसम्म तिब्बत ल्हासाका एक व्यापारीको सहयोगीका रूपमा काम गरे। तिब्बत बसाइको क्रममा महापण्डित राहुल सांस्कृत्यायन लगायत अन्य भारतीय, तिब्बती तथा चिनियाँ विद्धानहरूको सङ्गत गर्ने मौका पाए। त्यसबेला उनले अनेक विषयका ग्रन्थहरूको अध्ययन गरे। त्यसपछि, आफैले साहित्यिक कृतिहरू सिर्जना गर्न थाले।

तिब्बतबाट फर्किएपछि यमि देशभित्र राणा शासनविरोधी गतिविधिमा सामेल हुन थाले। यसै क्रममा१९९७ सालको प्रजा परिषद काण्डमा गिरफ्तार भएपछि सर्वस्वहरणसहित पन्ध्र वर्षको कारावास सजाय पाए यद्यपि २००२ सालमा उनलाई रिहा गरियो।

उनको विवाह काठमाडौँकी हिरादेवी कंसाकारसँग २००२ साल भाद्र २५ गते भएको थियो। उनको हिरादेवीबाट एक छोरा विद्यारत्न यमि (इन्जिनियर) छोरीहरू क्रमशः डा. धर्मदेवी राजभण्डारी (चिकित्सक), तिमिला यमि थापा (इन्जिनियर), न्हुच्छेशोेभा तुलाधर (प्राध्यापक), चिरिकशोभा ताम्राकार (प्राध्यापक), डा. कयोदेवी यमि (जीव वैज्ञानिक), हिसिला यमि इन्जिनियर) हुन् भन्ने कुरा धर्मरत्न यमिका जीवन सरिता कविताकृतिमा कृतिका सम्पादक डा. खुमनारायण पौडेल डा. ईशान गौतमले भूमिका लेखनमा उल्लेख गरेका छन्। हिरादेवी यमिको २०२५ सालमा निधन भएपछि उनको दोस्रो विवाह २०२६ सालमा सावित्रीदेवी दाहालसँग भएको कुरा पनि डा. पौडेल डा.गौतमले जीवन सरितामा उल्लेख गरेका छन्।

सन् १९४७ अगष्ट १५ तारिख अङ्ग्रेज उपनिवेशबाट भारत मुक्त भएको उपलक्ष्यमा श्रीमती हिरादेवी यमिको अध्यक्षतामा सभा गरेबापत दुवै पतिपत्नी गिरफ्तार भएर हिरादेवी केही दिनपछि धर्मरत्न महिनापछि रिहा भएका थिए भारत अङ्ग्रेजको दासत्व दलनबाट मुक्तभए झै त्यतिखेर नेपाल पनि राणा, राजाको दासत्व अत्याचारबाट मुक्त हुन चाहन्थ्यो।

नेपालमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षका संवाहक, समाज रुपान्तरणका अथक योद्धा जनकवि धर्मरत्न यमिको २०३२ सालमा देहावसान भए पनि उनले खनेका बाटो गोरेटोहरूमा टेक्दै आज  देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अघि बढिरहेको सबैलाई अवगत छ। तर, राज्यले देशका यस्ता विभूति, स्रष्टा योद्धाहरूलाई चिन्न नसक्नु विडम्बना छ। सम्झन नसक्नु, सम्मान गर्न नसक्नु पनि धर्मरत्न यमिले लड्दालड्दै बाँकी रहन गएको विद्यमान विभेदकारी समाजको सोच  एकात्मक जातिवादी राज्यसत्ताको चिन्तन नै हो भन्दा फरक पर्दैन।

किनकि राज्य व्यावस्था बदलेका छौं तर सोच, चिन्तन प्रवृति बदल्न सकेका छैनौ्र। यसलाई अविलम्ब बदल्न सक्ने यसलाई भत्काउन सक्ने सामथ्र्य राख्नुपर्दछ। विशेषगरी यसलाई भत्काउन युवा पिँढीले बल गर्नुपर्दछ भन्ने लाग्छ।

सत्य के हो भने यस्ता सोच, चिन्तन प्रवृत्तिको अन्त्य गर्न नसकेसम्म धर्मरत्न यमिहरूको सपना साकार हुन सक्दैन। धर्मरत्न यमिहरू योद्धा शहीदहरूको सपना पूरा गर्न विगतबाट सङ्घर्ष हुँदै आएका विविध आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संविधानतः उल्लेख रक्षा पहिलो मुख्य सर्त हुन आउँछ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत संरक्षण, विकास प्रयोग गरेर नेपालको विविधतायुक्त पहिचानलाई न्यायोचित सन्तुलन मिलाउँदै सहभागितामूलक समावेशी आर्थिक विकास गर्नु दोस्रो मुख्य सर्त हो। विद्यमान विकराल दलाल पूँजीवादी व्यवस्था प्रवृत्तिबाट जोगाउँदै देशलाई छिटो समाजवादी व्यवस्थामा लगेर आम जनतालाई गाँस, बास, कपासको राहत, सामाजिक सुरक्षा अधिकार सम्पन्न बनाउन पूर्ण समानुपातिक संसद जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख शासकीय प्रणालीमा जानु तेस्रो मुख्य सर्त हो।

अहिलेको राज्य व्यवस्थाको प्रवृत्ति दलाल पूँजीवादी हो भन्ने प्रष्ट हुन सक्छौँ भने मात्रै आम पार्टीको प्रवृत्ति पनि त्योबाट अछुतो छैन भन्ने प्रष्ट हुन्छौं तर यति कुरा प्रष्ट हुन धेरै कुरा अध्ययन गर्नुपर्दछ। यसलाई टेवा पुग्न सक्ने धर्मरत्न यमिको नेपालका कुरा पनि विशेष अध्यायन गर्नुपर्दछ। ध्रुवसत्य कुरा यही हो कि, समाजवादी मोडेलमा द्रुत देश विकास गर्दै समुन्नत शान्त समाज निर्माण गर्नु आजको हाम्रो सुन्दर देश नेपालको मूलभूत आवश्यकता हो।

 

 

ChatGPT 

 

An Introduction: Warrior People’s Poet Dharmaratna Yami

The late Dharmaratna Yami was a man of multifaceted talents. He was a politician and thinker, historian and social reformer, linguist and literary figure. He was a scholar of Buddhist philosophy and a distinguished intellectual. He was a cultural expert and a person of academic excellence. He was a progressive, people’s writer and analyst. A warrior with a rebellious spirit who fought against prevailing social discrimination and injustice. Through his poems, he continuously voiced the sufferings and injustices endured by the working people, earning him the title of a people’s poet.

From the Newar community, Yami published more than a dozen literary works in Nepal Bhasa (Newar language), including biographies, stories, poems, epics, narratives, and articles. Likewise, in Nepali (Khas language), his important works include Buddha Manis Hun (Buddha is a Human), Shaheedi Rakt (Martyr’s Blood), Jagat Jyoti (Light of the World), Hamro Rashtriyata (Our Nationalism), Bauddha Darshan Ko Ruprekha (Outline of Buddhist Philosophy), Samajko Ek Jhalko (A Glimpse of Society), Prabasi Nepali Lai Ek Mero Binti (An Appeal to the Nepali Diaspora), and Gandhi Gaurav (The Glory of Gandhi). His work Mahan Manushya Buddha in Hindi is a translation of Buddha Manis Hun. In English, his works include No Third Way Out, The Study of Critical Situation of Nepal, Press Statements and Articles on Present Relations Between Nepal and India, and his recent work Nepalka Kura (Matters of Nepal).

The book Nepalka Kura serves as a source of inspiration and reference for the new generation eager to engage in social transformation and to understand the nation’s history. Dharmaratna Yami was born on Bhadra 2, 1972 B.S. (circa 1915 A.D.) in Asan Kamalakshi, Kathmandu. He received informal education at home until the age of 12. From the age of 13 to 17, he worked as a daily wage laborer making cloth shoes and working in Bhada ko Jyasala (a workshop). From 17 to 24, he worked as an assistant to a merchant in Lhasa, Tibet. During his stay in Tibet, he had the opportunity to interact with prominent scholars such as Mahapandit Rahul Sankrityayan and other Indian, Tibetan, and Chinese intellectuals. During that time, he studied various texts on multiple subjects. Subsequently, he began to create literary works himself.

After returning from Tibet, Yami became involved in anti-Rana regime activities in Nepal. In this context, he was arrested in the 1997 B.S. Praja Parishad case and sentenced to 15 years in prison along with the confiscation of all his property. However, he was released in 2002 B.S. (circa 1945 A.D.).

He married Hiradevi Kansakar of Kathmandu on Bhadra 25, 2002 B.S. They had one son, Vidyaratna Yami (Engineer), and daughters Dr. Dharmadevi Rajbhandari (Doctor), Timila Yami Thapa (Engineer), Nhuchcheshova Tuladhar (Professor), Chirikshova Tamrakar (Professor), Dr. Kayodevi Yami (Biologist), and Hisila Yami (Engineer), as mentioned by editors Dr. Khumanarayan Paudel and Dr. Ishan Gautam in the preface to the poetry collection Jeevan Sarita (Life’s Stream). After Hiradevi Yami’s death in 2025 B.S., Dharmaratna Yami married Savitridevi Dahal in 2026 B.S., as also mentioned in Jeevan Sarita.

On August 15, 1947, after India gained independence from British colonial rule, Dharmaratna Yami and his wife Hiradevi organized a gathering to celebrate. As a result, both were arrested. Hiradevi was released after a few days, while Dharmaratna was released after six months. Just as India was freed from British oppression and slavery, Nepal at that time longed to be free from the tyranny and bondage of the Rana regime and monarchy.

Although the tireless warrior for democracy and social transformation, people’s poet Dharmaratna Yami, passed away in 2032 B.S. (circa 1975 A.D.), it is well known that the country today moves forward on the paths he paved towards a federal democratic republic. However, it is unfortunate that the state still fails to recognize, remember, or honor such distinguished personalities, creators, and warriors. The inability to recognize, remember, or respect them reflects the same discriminatory mindset and unitary, caste-based state thinking that Yami fought against his entire life.

Indeed, we have changed the state’s structure but failed to change our thinking, mindset, and behavior. This must be changed immediately, and we must possess the strength to dismantle such structures. In particular, the younger generation must take the lead in this.

The truth is, until such regressive thinking, mindset, and behavior are uprooted, the dreams of Dharmaratna Yamis can never be fulfilled. To fulfill the dreams of Dharmaratna Yami and other warrior martyrs, the constitutional recognition and protection of the achievements gained through various past struggles is the first essential condition. The second is to ensure inclusive, participatory economic development that balances Nepal’s diverse identities through institutional protection, development, and application of democratic republicanism. The third essential condition is to steer the country away from the existing exploitative comprador capitalist system towards a socialist model that swiftly provides food, shelter, clothing, social security, and rights to the people, along with establishing a fully proportional parliament and a directly elected executive leadership system.

Once we clearly understand that the current state structure is guided by a comprador capitalist tendency, it also becomes evident that political parties are not untouched by this tendency. But to understand this, one must study extensively. In this regard, Dharmaratna Yami’s Nepalka Kura deserves special attention.

The undeniable truth is that building an advanced, peaceful society through rapid national development along a socialist model is Nepal’s fundamental need today.